
तुलसीपुर, कात्तिक १९ ।
नेपाल प्रेस युुनियन दाङले शुक्रबार जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा पदाधिकारीमा निर्वाचित नेताहरु संग घोराहीमा छलफल आयोजना गरेको छ ।
युनियनले खासगरि पछिल्लो समय मुलुकमा पत्रकारहरु माथि भइ रहेको धरपकड तथा ‘स्वतन्त्र प्रेस’को अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।
पछिल्लो समय मुलुकमा सृजित असहज अवस्था तथा ‘स्वतन्त्र प्रेस’को अभ्यास गर्न थपिएका चुनौतिका बारेमा घोराही छलफल गर्न थालिएको नेपाल प्रेस युनियन दाङका सचिव लिलाधर वलीले बताए ।
शुक्रबार बिहान ११ बजेपछि नेपाल पत्रकार महासंघ दाङको सभाहलमा ‘स्वतन्त्र प्रेसको अभ्यासमा देखिएका चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम हुने सचिव वलीले जानकारी दिए ।
‘पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रताको अवस्था तथा पत्रकारले भोग्नु परेका चुनौतीका विषयमा छलफल हुने छ,’ युनियनका जिल्ला अध्यक्ष अध्यक्ष आरके शितलले भने ।
त्यो कार्यक्रममा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्री, केन्द्रीय सदस्यलगायतका पदमा निर्वाचित दाङका नेताहरूपनि निम्त्याइएका छन् ।
नव निर्वाचित नेताहरुलाई बधाई ज्ञापन कार्यक्रम पनि राखिएको छ ।
दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्ने उदेश्यपनि रहेको छ ।
