
जिल्ला सभापति बने पूर्व जिल्ला सहसचिव शर्मा
तुलसीपुर, कात्तिक १७ ।
नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले दाङमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ ।
सोमबार दाङको घोराहीमा भएको अधिवेशनबाट जिल्ला सभापतिमा गोपालराज शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । शर्मा पूर्व जिल्ला सहसचिव हुन । उनी हाल यो समुहका लुम्बिनी प्रदेश संयोजक रहेका गेहेन्द्र गिरी जिल्ला सभापति हुँदा शर्मा सहसचिव थिए ।
त्यस्तै जिल्ला उपसभापतिमा सुरेन्द्रबहादुर खड्का र भगवानदास यादव चयन गरिएका छन् । खड्का पनि घनश्याम रेग्मी जिल्ला सभापति छँदा जिल्ला सहसचिव थिए ।
त्यस्तै सचिवमा पूर्ण मल्ल र गेहेन्द्र वली, सहसचिवमा रामबहादुर केसी र अनिता विक सर्वसम्मत रुपमा चयन गरिएका छन् ।

बिभिन्न २७ जना सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएका छन् ।
जिल्ला सदस्यहरूमा डम्मरबहादुर अधिकारी , हरिप्रसाद भुषाल, गुमानसिंह वली , नुमाकान्त दाहाल , लेखराज ज्ञवाली , मिना विक , चेतनाथ ज्ञवाली , रन्जित श्रेष्ठ, लेखराज पुरी , टीकाराम पाण्डे, मदनबहादुर केसी, शारदा सार्की, लालबहादुर बस्नेत, कमला वली, खिमा बिक, कमला वली, मानबहादुर गुरुङ, रेशम नेपाली, पूर्णबहादुर खड्का, क्षिता खड्का , सोल पुन, रेखा थापा , नन्दलाल पुन, भलबहादुर वली , डम्बरबहादुर भण्डारी,, सेवीकला कँडेल , हर्कबहादुर बुढाथोकी रहेका छन् ।




