दाङ, कात्तिक १६ ।
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् ।
दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका – ६ भगवानपुरका ३१ बर्षीय प्रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते चौधरीलाई भालुवाङ पुर्याउँदा चिकित्सकले चेकजाँच पछि मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार राप्ती –३ मसुरियाकी १६ बर्षीया निशु चौधरी र सोही ठाउँकै अन्दाजी १९ बर्षीया करिना चौधरी घाइते छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई भालुवाङको उपचार पछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइ रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ बाघ ढड्डीमा सोमबार बिाहन साढे १ बजेतिर पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले र विपरीत दिशा तर्फ जाँदै गरेको प्र ३–०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रक चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका – ११ का ३४ बर्षीय राजेन्द्र चौधरी इप्रका भालुवाङको नियन्त्रणमा छन् ।
