२०८३ असार १३ गते शनिवार

मदिराले मातेपछि सर्वसाधारणलाई पेस्तोल ताक्ने युवक पक्राउ

दाङ,साउन १८ । दाङमा एक युवा नल कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नं. ४ मुलटापा निवासी ३० बर्षीय शिवबहादुर विक पेस्तोलसहित पक्राउ परेका हुन । विकलाई शनिवार विहान २ बजेतिर ईलाका प्रहरी कार्यालय कमिरेचौर वाट प्रहरी नायव निरिक्षक गोपालप्रशाद शर्माको कमाण्डमा गएको टोलीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरि विकले मध्यरातमा सर्वसाधारणलाई पेस्तोल ताक्दै मार्छु भन्दै धम्कि दिने गरेको भन्ने जानकारीका आधारामा त्यहाँ पुगेर विकलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

मदिराले मातेका विकले स्थानीय होटेलमा बास बसेका टिप्पर चालकहरु घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी २६ बर्षीय इन्द्रबहादुर नेपाली, सोही ठाउँ निवासी ३५ बर्षीय पदम केसी, सोही ठाउँकै सुरेश नेपाली लगाएत ६÷७ जनालाई एक्कासी पेस्तोल ताक्दै ज्यान लिन्छु भन्ने धम्कि दिने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ता शाहले बताए । घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही बाट प्रहरी निरिक्षक राजन गौतमको कमाण्डमा प्रहरी टोली खटाइएको प्रहरी नायव उपरिक्षक समेत रहेका शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *