
दाङ, असोज ३० ।
रोल्पाका मनोजमणि आचार्य नेपाली काँग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट उनी खस आर्यतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका हुन । बिद्यार्थी राजनीति बाट उदाएका आचार्यले खस आर्यतर्फका अन्य तीन प्रतिष्पर्धीलाई पराजित गरेका हुन ।
२ हजार ६४८ मत प्राप्त गरे । जस्ले निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका थिए । केसीले २ हजार १९९ मत प्राप्त गरेका थिए । अर्का प्रतिष्पर्धी दिनेश कोइरालाले १ हजार २४६ मत र शुभराम बस्नेतले ५३५ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रवार
