२०८३ असोज २३ गते शुक्रवार

अपाङ्ग शिक्षक रिजाललाई इलेक्ट्रिक ह्विइ चियर प्रदान

तुलसीपुर, असोज २३ ।
तुलसीपुरका एक जना अपाङ्ग शिक्षकलाई एक लाख मूल्य बढी पर्ने इलेक्ट्रिक ह्विइ चियर निशुल्क प्रदान गरिएको छ ।
तुसीपुर – १४ करङ्गास्थित श्री नमुना प्राथमिक बिद्यालयका शिक्षक सोही वडाको भोजपुर निवासी लुमबहादुर रिजाललाई आवात जावातमा सजिलो होस भनेर रोटरी क्लव अफ तुलसीपुर सिटीले बिद्यालयमै पुगेर इलेक्ट्रिक चियर प्रदान गरेको हो ।
सक्षमता विकास समाज नेपाल र रोटरी क्लव अफ तुलसीपुर सिटीको आर्थिक सहयोगमा विद्युतीय ह्विलचेयर प्रदान गरिएको हो ।
क्लवका अध्यक्ष देबेन्द्र केसीले शिक्षक रिजाल हातले चलाउने रिक्साको साहेताले कष्टका साथ बिद्यालय आउने गरेको पाइएको हुँदा उनी बिद्यालय आउ जाउ गर्न थप सहज होस भनेर रोटरीले बिद्युतवाट आँफै चल्ने इलेक्ट्रिक ह्विल चियर प्रदान गरेको हस्तारण कार्यक्रममा बताए ।
ब्यबसायी तथा रोटरी क्लव अफ तुलसीपुरका पूर्व अध्यक्ष बिमल रिजालको पहलमा लुमबहादुर रिजालको दैनिकी सहज होस भनेर रोटरीले बिद्युत बाट चार्ज गर्न मिल्ने इलेक्ट्रिक ह्विल चियर प्रदान गरिएको हो ।


त्यसक्रममा रोटरकी क्लवका निवर्तमान अध्यक्ष सन्दिपन रिजाल, क्लबका पूर्व अध्यक्ष यज्ञबहादुर केसी, देबबहादुर केसी , रोटरियन मेहन्द्र खड्का लगाएतले शिक्षक रिजाललाई थप हौसलाका साथ शिक्षण पेशामा लाग्न आग्रह गरेका थिए ।
ब्याट्री बाट आँफै चल्ने एक लाख बढी मूल्य पर्ने ह्विल चियर निशुल्क प्राप्त गरेपछि शिक्षक रिजाल मख्ख परेका थिए । ‘मैले घरदेखि बिद्यालयसम्म आउ जाउ गर्न दिनहुँ निकै ठूलो संघर्ष गर्नु पर्दथ्यो,’ उनले भने ‘ हातले ह्विलचियर चलाउनु पर्दा निकै गाह्रो हुन्थ्यो , त्यसमा पनि बर्षा र हिलोको समयमा म धेरै पकट लडेको थिए । आशा छ अब मेरा दुःखका ती दिनहरु सकिने छन् ।’
पाँच वर्षको उमेरमै दुवै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेपछि ४५ वर्षीय लुमबहादुरको जीवन निकै शकस र संघर्ष युक्त बन्न पुगेको थियो ।
तर, आत्मविश्वास र आमाको हौसला तथा प्रेरणाले उनी घस्रिदै भएपनि बिद्यालय जान छाडेनन् । त्यसैको फल स्वरुप विगत १६ वर्षदेखि उनी शिक्षण पेशमा छन् । आँफु जस्तो अवस्थामा भएपनि ग्रामिण भेगका बिद्यार्थीलाई शिक्षाको उज्यालो छर्दैै आएका छन् ।
लट्ठीको सहारामा घस्रिँदै हिँड्न सक्ने भएपछि अनेक कठिनाइका बीच पढाइलाई निरन्तरता दिएको उनले स्मरण गरे । संघर्ष गर्दै आइएडसम्मको शिक्षा पूरा गरेपछि उनी शिक्षण पेशामा लागेका थिए ।

कमजोर आर्थिक अवस्थाका कारण थप अध्ययन गर्न नसके पनि शिषक रिजालले संघर्ष गर्दै सामान्ने ह्विलचियर मार्फत बिद्यालय आउजाउ गर्दै आएका थिए । बिद्यालय बाट घर आउजाउन गर्न उनले कम्तिमा ४५ देखि ५० मिनेटसम्म लाग्दै आएकोमा अब भने उनी १० मिनेटमै बिद्यालय आउ जाउ गर्न सक्छु भन्ने विश्वासमा छन् ।
शिक्षक रिजालले शिक्षण पेसाबाट प्राप्त आम्दानीले आफ्नो घर परिवार चलाउँदै आएका छन् ।
‘ आज म आज जहाँ छु, त्यसको श्रेय मेरी आमालाई जान्छ। आमाको हौसलाले नै आज शिक्षक भएर बाँच्न पाएको छु ,’ उनले भने ‘जीवनमा सबैभन्दा ठूलो कुरा शिक्षा रहेछ । हामी अपाङ्गता भएका व्यक्तिहरूले जित्ने भनेकै पढेर नै हो ।’

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *