२०८३ असोज २१ गते बुधवार

तुलसीपुरमा स्कुल बसको ठक्कर बाट २ बर्षीय बालकको मृत्यु


तुलसीपुर, असोज २१ ।


तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई बर्षीय बालकको मृत्यु भएको छ ।
बसको ठक्कर बाट सल्यानको खलंगा नगरपालिका – २ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका – ५ रानी जरुवामा बस्दै आएका २ बर्षीय आयन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पप्पु नेपालीका छोरा हुन ।


बिहान १० बजेतिर लक्ष्य एकेडेमीको लु.प्र. ०२– ००१ क ०००४ नम्बरको बसले तुलसीपुर – ७ गैरापातुस्थित झुलोङ्गे पुल नजिकै पैदल हिडिरहेका बालक आयनलाई ठक्कर दिएको थियो ।
घाइते बालकलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक असस्पताल तुलसीपुरमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बसका चालक तुलसीपुर – ८ दुधेनाका ३७ बर्षीय बशन्त बिष्ट प्रहरी नियन्त्रणमा छन् ।
घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *