
दाङ , असोज २० ।
दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य केशवराज आचार्य पुनः खुल्ला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
नेता आचार्य विपी कोइराला संग राजनीतिमा दिक्षित नेता हुन । जो पहिलो पटक गत बर्ष पुसमा काठमाडौंमा भएको पार्टीको बिषेश महाधिबेशन बाट केन्द्रीय सदस्य बनेका थिए ।
यतिखेर आचार्य काठमाडौंको खुल्ला मञ्चमा जारी १५औं महाधिवेशनमा फेरि सोही पदमा दोहरीने गरि उम्मेदवार घोषणा गरि आफ्नो पक्षमा मत माग्दै हिडेका छन् ।
आचार्य ०४८ सालको आम निर्वाचनमा स्वर्गिय नेता खुमबहादुर खड्काको निर्वाचन प्रचार प्रशार समितिको संयोजक थिए ।
नेता आचार्यले स्वर्गिय नेता खुमबहादुर खड्कादेखि पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरी, दीपक गिरीलाई प्रतनिधि सभा र संविधान सभा सदस्य जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यक्ति हुन ।
आचार्य २०७६ को प्रदेश सभा क्षेत्र नं. ३ (ख) को उपनिर्वाचनका क्रममा बामगठन्बन्धकी साझा उम्मेदवार बिमला वली संग पराजित बनेका थिए । बिमला सवारी दुर्घटनामा ज्यान गुमाएका उत्तरकुमार वलीकी श्रीमति हुन । आचार्यले राजनीतिक रुपमा पाएको अवशर त्यही थियो ।
आचार्य तत्कालिन नेकपा माओवादी ‘सशस्त्र युद्ध’का दौरान अपहरणमा परेका थिए । यद्यपी उनलाई अपहरण गरेपनि माओबादीले सकुशल छाडेका थिए ।
नेता आचार्य विपी कोइराला संग २०३५ सालमा भारतको बणारसमा विषेश प्रशिक्षण लिएर २०३७ सालसम्म बणारस बसेर राजनीतिक यात्रा शुरुवात गरेका नेता हुन ।
जस्ले वि.सं. २०२९ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । जतिबेला काँग्रेसको सशस्त्र संघर्षका दौरान, तरुण पत्रिका, पम्प्लेट, जिल्लाभर वितरण गर्दै हिंडेका थिए ।
२०३४ सालसम्म मध्ये पश्चिम क्षेत्र केन्द्रित राजनीतिक गतिविधिमा सक्रिय हुनुका साथै सोही बर्ष नेपाल विद्यार्थी संघ, विदेश क्षेत्र बणारस सदस्य भइ भारतमा बिपीको सहयोगी भई काम गरेका थिए । आचार्य २०३५ सालमा बणारसको कोईराला निवास रथ यात्रामा राजनीतिक प्रशिक्षणमा सहभागी समेत भएका थिए ।
२०३६ सालको जनमत संग्रहमा बहुदल प्रचार समिति दाङ जिल्ला सदस्य भइ काम गरेका उनी जस्तै नेताको प्रयासले दाङ जिल्ला बहुदलको पक्षमा विजय बनेको थियो ,।
२०३६ सालमा बिपी दाङ तुल्सीपुरस्थित टरिगाउँ एयरपोर्टमा आउँदा स्वागत तथा मण्डलेसँग प्रतिकार गर्नेहरु मध्येका एक नेता आचार्यपनि थिए ।
२०३७/३८ सालमा सर्वमान्य नेता गणेशमान सिंहको काठमाडौं स्थितघरमा भएको तत्कालिन महाधिवेशनमा सहभागी भई कृष्णप्रसाद भट्टराईबाट महासमिति सदस्य मनोनित भएका थिए ।
आचार्य २०३९ सालमा बर्दियाको ढोढरीमा भएको मध्येपश्चिम क्षेत्र स्तरिय सम्मेलनमा सिके प्रसाई लगाएतका नेताहरुबाट दिइएको प्रशिक्षणमा सहभागी भए ।
२०४० सालमा दाङको लहलौरामा भएको अञ्चल स्तरिय सम्मेलनमा सहभागी भएका थिए । जुन सम्मेलनलाई गिरिजा, कृष्णप्रशाद र गणेशमान जस्ता नेताहरुले सम्बोधन गरेका थिए ।
२०४० सालमा जिल्ला दौराहाको क्रममा तत्तकालिन महामन्त्री गिरिजा सल्यान जाने क्रममा हेकुली गाविस –५ सलौरास्थित आचार्यकै निवासमा गिरिजा र सुशील लगाएतका नेताहरु बास बसेका थिए ।
त्यहाँबाट सल्यान जाँदा अञ्चालाधिश नारायण बहादुर बस्नेतको निर्देशनमा महामन्त्री गिरिजा र सुशील कोइरालासँगै तुलसीपुरमा गिरफ्तार भएका थिए ।
आचार्यले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका निर्वाह गरेका थिए । जेल मुक्त भए पछि २०४३/०४५ सम्म पार्टी जिल्ला संगठन विस्तारमा सक्रिय रुपमा खटिएका थिए ।
२०४६ साल माघ ५,६,७ मा सर्वमान्य नेता गणेशमान सिंहको निवासमा भारतीय नेता चन्द्रशेखर आजादको उपस्थितिमा भएको सम्मेलनमा आचार्य सहभागी भएका थिए ।
२०४६ सालको जनआन्दोलनमा फागुण ७ गते जिल्लाबाटै पक्राउ परे । तत्कालिन डिएसपी शारदाभक्त रञ्जितकारबाट भौतिक रुपमा निर्र्घात कुटपिट गरिए पनि रगतको आहलमा जेल जिवन विताएका थिए ।
आचार्य २०४६ सालमा नेता खुमबहादुर खड्का र बलदेव शर्मा मजगैंयाँसँगै तुलसीपुर कारागारमा जेल बसेका थिए ।
आचार्य २०४८ सालको पहिलो आमनिर्वाचनमा दाङ क्षेत्र नं. ३ को चुनाव प्रचार प्रसार समिति संयोजक थिए ।
आचार्यले २०४८ देखि २०६२/०६३ सालको जनआन्दोलनसम्म जिल्लामा संगठन विभाग प्रमुख उपसभापति र जिल्ला सदस्य भइ काम गरेका थिए ।
आचार्य ३ दशक यता निरन्तर आफ्नो क्षेत्रवाट पार्टी महाधिवेशन प्रतिनिधि चुनिदै आएका नेता हुन ।
२०५५ सालमा जिल्ला विकास समिति दाङको इलाका नं. ९ बाट नेपाली काँग्रेसको तर्फबाट जिविस सदस्य बनेका उनी हेकुली गाविस – ५ मा काँग्रेस बाट वडाध्यक्षमा विजयी भएका थिए ।
झापाको कलबल गुडी पार्टी महाधिवेशनदेखि, १४ औं महाधिवेशन हुँदै २०८२ को विशेष महाधिवेशन सम्म उनी अनबरत रुपमा सहभागी छन ।
जो २०६२/०६३ जनआन्दोलनका दौरान जिल्लामा पटक /पटक पक्राउ परेका थिए भने राजधानी केन्द्रित आन्दोलनमा काठमाडौंमापनि पक्राउ परेका थिए ।
