
दाङ,साउन १८ । नेपाली काँग्रेसले तुलसीपुरको वीपी चोकमा आफ्ना संस्थापक नेताको पूर्ण कदको शालिक स्थापना गर्ने भएको छ । हाल त्यहाँ अर्ध कदको सालिक छ । त्यो अर्ध कदको सालिकको ठाउँमा पूर्ण कदको सालिक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको काँग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति जगतबहादुर खड्काले जानकारी दिए ।
‘पूर्ण कदको सालिक निर्माण कार्य पुरा भइसकेको छ । अब ल्याउन मात्रै बाँकी छ ,’ क्षेत्रिय सभापति खड्काले भने ‘भदौ १८ गते वीपी जयन्तिको अवसरमा नयाँ सालिक स्थापना हुन्छ।’ सालिक निर्माण गर्न झन्डै साढे ७ लाख लागेको जानकारी दिएका क्षेत्रिय सभापति खड्काले त्यो रकम पार्टीका नेता कार्यकर्ता र शुभेच्छुक केही उद्योगी व्यापारीले स्वइच्छिक रुपमा सहयोग गरेको बताए ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपीको सालिक सानो भएको हुँदा पूर्ण कदको सालिक स्थापना गर्न लागेको उनले बताए । हाल वीपी चोकमा रहेको सालिकलाई क्षेत्रिय पार्टी कार्यालय तुलसीपुरमा लगेर राखिने पनि खड्काले जानकारी दिए ।
