२०८३ असोज १७ गते शनिवार

प्रचण्ड बिक्रम न्यौंपाने कांग्रेस केन्द्रीय सदस्यमा भिड्ने


तुलसीपुर, असोज १७ ।

लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।

महासमिति सदस्य समेत रहेका उनले कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको बताए ।
कांग्रेस लुम्बिनी प्रदेशको प्रवक्तासमेत रहेका न्यौंपानेले कांग्रेसलाई बलियो संगठनका रुपमा स्थापित गर्न आँफुले उम्मेदवारी दिने निर्णय गरेको बताए ।
बिद्यार्थी राजनीतिबाट आएका न्यौपाने नेविसंघको पूर्व सहमहामन्त्रीपनि हुन ।

उनी १४ औँ महाधिवेशनमा पार्टीेको लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भएका थिए । उनी गत प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए ।
न्यौपाने २०८१ मा लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रीको जिम्मेवारी झन्डै दुई बर्ष सम्म सम्हालेका थिए ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *