
दाङ, असोज १६ ।
कैलालीमा बाघको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका – ६ चरीडाडाका अन्दाजी ३८ बर्षीय कृष्ण चौधरीको शुक्रबार बिहान बाघको आक्रमण परि मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले कृष्णको गौरीगंगा –६ मोयास्थित भैरब महिला सामुदायिक बनमा च्याउ टिप्न गएको समयमा बाघको आक्रमण बाट मृत्यु भएको जानकारी दिए ।
चौधरी बिहान ५ बजेतिर स्थानीय सामुदायिक वनमा च्याय टिप्न गएका थिए ।
बिहान ८ बजेपछि खोजीमा गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीसहितको टोलीले चौधरीलाई मृत अवस्थामा फेला पारेको थियो ।
घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
