२०८३ असोज १६ गते शुक्रवार

काँग्रेस दाङ ३ (क) को सभापतिमा तेजबहादुर डाँगी निर्वाचित


तुलसीपुर, असोज १५ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ (क) को सभापतिमा तेजबहादुर डाँगी निर्वाचित भएका छन् । डाँगी २२३ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
उनका प्रतिष्पर्धीहरु शंकरकुमार खड्का १६९ र भोजराज न्यौपानेले ८४ मत प्राप्त गरेका थिए । खड्का वडा नं. १४ का वडाध्यक्ष हुन भने न्यौंपाने पेशाले शिक्षक हुन ।

प्राप्त अन्तिम मत परिनाम अनुसार उपसभापतिमा पुष्पराज गिरी २४२ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिष्पर्धी दामोदर न्यौंपानेले १३४ र बुद्धप्रकाश सिंहले ८९ मत प्राप्त गरे ।
त्यस्तै सचिवमा रञ्जनकुमार गौतम ३०९ मत प्राप्त गरि निर्वाचित हुँदा नारायण आचार्यले १५९ मत प्राप्त गरे । महिला सहसचिवमा सुष्मा अधिकारी २८९ मत प्राप्त गरि बिजयी हुँदा प्रतिष्पर्धी भावना गौतमले १६४ मत प्राप्त गरिन ।
दाङ क्षेत्र नं. ३ मा संघीय सभापति, प्रदेश सभापति, केन्द्रीय महाधिवेशन प्रतिनिधिदेखि र प्रदेश प्रतिनिधि चुन्न बुधबार मतदान भएको थियो ।
हेर्नुहोस अन्य को – को निर्वाचित भए –

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *