२०८३ असोज १२ गते सोमवार

निर्माण ब्यबसायी वशन्त खड्का काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि मैदानमा


तुलसीपुर, असोज १२ ।

निर्माण ब्यबसायी युवा बशन्तकुमार खड्का नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा होमिएका छन् ।
दाङ क्षेत्र नं. ३ बाट उनी खुल्ला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि मतदाता संग भोट माग्दै हिडेका छन् ।
वशन्त १४औं महाधिवेशनमा तुलसीपुर वडा नं. ४ बाट क्षेत्रिय प्रतिनिधि थिए ।
उनी यसअघि नेपाल तरुण दल जिल्ला कार्यसमिति सदस्य र निर्माण ब्यबसायी संघकोपनि जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारीमा थिए । एक सफल युवा निर्माण ब्यबसायी वशन्त पार्टीका अग्रज नेतादेखि तरुण तथा युवा माझ लोकप्रिय पात्र हुन ।
नेपाली काँग्रेसलाई समय अनुकुल सशक्त बनाउन आँफुले खुल्ला तर्फबाट महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिएको खड्काले बताए । ‘ म चुनाव जित्नेमा ढुक्क छु,’ उनले भने ‘ मलाई अग्रज, अनुज र युवा सबैको सदभाव छ ।’

नेपाली काँग्रेसको १५औं महाधिबेशन अन्तर्गत मंगलबार महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापति र प्रदेशसभा सभापतिको निर्वाचन हुँदै छ ।
दाङ क्षेत्र नं. ३ मा काँग्रेस भित्रका झन्डै १ हजार २ सय जति मतदाता रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *