दाङ, असोज ११ ।
दाङ – सल्यान राप्ती राजमार्ग अन्तर्गत सल्यानको खारखोला – टुनिबोट सडक खण्ड शनिबार दिउँसो करिब ३ बजेदेखि पहिरो अझैं पंछाउन सकिएको छैन ।
अबिरल बर्षा पछि झरको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध छ । आइतबार पनि यो सडक खण्ड खुलाउन दिनभर समय लाग्ने अनुमान गरिएको छ । ।
स्थानीय प्रशासनका अनुसार निरन्तरको वर्षाका कारण पहिरो पंछाउन समस्या हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय स्थानीय प्रशासनले आइतबार दिनभर सवारी आवागमनमा पूर्ण रुपमा रोक लगाएको छ । अत्यावश्यक सवारी साधन आवागमनको लागि मौसम अनुकूलता हेरी सवारी संचालन गर्न दिइने भएको छ ।
प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
