२०८३ असोज ६ गते मङ्गलवार

अब वीरेन्द्रकुमार शाह बन्दै छन्, काँग्रेसमा तुलसीपुरको सभापति


तुलसीपुर, असोज ६ ।


नेपाली काँग्रेसको १५औं महाधिबेशन अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा वीरेन्द्रकुमार शाह सभापति बन्ने निश्चित जस्तै देखिएको छ ।


तुलसीपुर – ५ मा लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित शाह युवा माझ लोकप्रिय छन् । वडाध्यक्ष शाहले उम्मेदवारी घोषणा गरि सकेका छन् । हालसम्म उनको बिरुद्ध मैदानमा उत्रने गरि कसैले पनि उम्मेदवारी घोषणा गरि सकेका छैनन् ।


हाल नगर समितिका पदाधिकारी वा कार्यसमिति कसैले पनि शाहका बिरुद्ध उम्मेदवारी दिने अवस्था हालसम्म देखिएको छैन । त्यही भएर अब शाह तुलसीपुरको सभापति बन्ने लगभग निश्चित जस्तै ठानिएको छ । शाह नाताले हाल सभापति रहेका सुरेश हमालका जेठान हुन ।

काँग्रेसको पालिका अधिबेशन असोज ७ गतेदेखि सुरु हुँदै छ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *