२०८३ जेष्ठ ३१ गते आइतवार

कपिलबस्तुमा गाउँपालिका अध्यक्ष यादव माथि गोली प्रहार

कपिलबस्तु, साउन १६ । कपिलबस्तुमा एकजना माथि गोली प्रहार भएको छ । बिहीबार दिउँसो शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि अपरिचित समूहले गोली प्रहार गरेर भागेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाईलकमा सवार दुई जनाले वडा नम्बर ३ को सुसरिया पुलनजिकै यादवमाथि गोली प्रहार गरेर भागेका थिए । वडा नम्बर ५ घर भएका यादव तौलिहवा गइरहेको समयमा गोली प्रहार भएको थियो । कुम नजिकै गोली लागेर घाइते भएका अध्यक्ष यादवको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ। यादव सत्तारुढ दल समाजवादी पार्टीका स्थानीय नेता हुन ।

गोली कस्ले र किन हानेको भन्ने बारे केही खुल्न नसकेको प्रहरीले बताएको छ । गोली प्रहार गर्नेहरुलाई खोजी जारी रहेको पनि प्रहरीको भनाई छ।

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *