२०८३ भाद्र २५ गते बिहिवार

लुम्बिनीमा असोज १२ पछि जिल्लामै हुने छ, लाइसेन्स नवीकरणको काम


तुलसीपुर , भदौ २५ ।

लुम्बिनी प्रदेश सरकारले असोज १२ गते पछि यातायात सेवा विस्तार गर्ने निर्णय गरेको छ ।
यो प्रदेशले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायात सम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ ।
नेपाली काँग्रेसका नेता तथा यसअघिका पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौंपानेको पालमा यस्तो निर्णय भएको थियो । जस्को उदेश्य यातायात सेवा नपुगेका जिल्लाका सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनु हुने छ ।

यातायात सेवा सञ्चालन नभएका जिल्लामा घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा दिने निर्णय कार्यान्वयनमा ल्याउन अन्तिम तयारी भइ रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
प्रदेश सरकारले असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने गरि अन्तिम तयारीका कामहरु गरि रहेको उनले बताए ।
यस्तो सेवा सुरु भएमा प्रदेशका १२ जिल्ला मध्य बाँकी ६ जिल्लामा सवारी चालक अनुमति पत्र नवीकरण लगायतका अधिकार पनि क्रमशः प्रत्यायोजन गर्दै जाने लक्ष्य लिइएको छ ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको बिहीवार देउखुरीमा आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यातायात सेवा नपुगेका जिल्लामा घरेलु कार्यालयमार्फत सेवा सञ्चालन गर्ने निर्णय छिट्टै कार्यान्वयनमा आउने जानकारी दिएका हुन ।
उनले यातायात सेवा सञ्चालन भइरहेका स्थानमा हालकै व्यवस्था यथावत रहने र सेवा सञ्चालन नभएका जिल्लामा मात्रै घरेलु कार्यालयलाई यातायात सेवाको शाखाका रूपमा प्रयोग गरी सेवा प्रवाह गरिने नीति लिइएको छ ।
मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रको काममा ढिलाइ नगर्न र कर्मचारीले जिम्मेवार तथा पारदर्शी भएर काम गर्न आग्रह गरे । सेवाग्राहीलाई अनावश्यक रूपमा कुराउने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्दै उनले एक घण्टाभित्र सम्पन्न गर्न सकिने काम एक घण्टाभित्रै गरिदिन कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *