२०८३ भाद्र २५ गते बिहिवार

एप्पलले सार्वजनिक गर्‍यो iPhone 18 Pro र iPhone 18 Pro Max

काठमाडौं । एप्पलले आफ्नो नयाँ आइफोन 18 Pro र आइफोन 18 Pro Max सार्वजनिक गरेको छ। क्यालिफोर्नियास्थित एप्पल पार्कमा आयोजित कार्यक्रममा यी नयाँ फ्ल्यागसिप फोनसँगै कम्पनीले आफ्नो पहिलो फोल्डेबल फोन आइफोन Duo समेत सार्बजनिक गरेको छ।

आइफोन 18 Pro सिरिजमा एप्पलको नयाँ A20 Pro चिप प्रयोग गरिएको छ। कम्पनीका अनुसार यो हालसम्मकै शक्तिशाली चिप हो। फोनमा iOS 27 उपलब्ध गराइएको छ भने क्यामेरा, ब्याट्री कार्यक्षमता र आर्टिफिसियल इन्टेलिजेन्स (AI) सुविधामा समेत सुधार गरिएको छ। Apple Intelligence अन्तर्गत विभिन्न नयाँ AI सुविधा थपिएका छन्।

नयाँ Pro मोडलमा क्यामेरा प्रणालीलाई पनि थप सुधार गरिएको छ। तीनवटै रियर क्यामेरामा ४८ मेगापिक्सेल सेन्सर प्रयोग गरिएको र मुख्य क्यामेरामा परिवर्तनीय अपर्चर प्रविधि ल्याइएको रिपोर्टहरूमा उल्लेख छ। यसले फरक प्रकाश अवस्थामा फोटो खिच्दा थप नियन्त्रण र गुणस्तर सुधार गर्न सहयोग गर्नेछ।

कार्यसम्पादनसँगै फोनको ताप व्यवस्थापन र ब्याट्रीमा पनि सुधार गरिएको छ। एप्पलका अनुसार आइफोन 18 Pro ले एकपटक चार्जमा ३६ घण्टासम्म र आइफोन 18 Pro Max ले ४५ घण्टासम्म ब्याट्री चलाउन सक्छ। नयाँ भेपर चेम्बर प्रणालीले फोनको ताप नियन्त्रणमा सहयोग गर्ने बताइएको छ।

दुवै फोनका प्रि-अर्डर सेप्टेम्बर १२ देखि सुरु हुने र बिक्री सेप्टेम्बर १८ देखि सुरु हुने जनाइएको छ। यसपटक एप्पलले नियमित आइफोन 18 मोडललाई भने सोही कार्यक्रममा सार्वजनिक गरेको छैन। कम्पनीले प्रिमियम Pro मोडललाई प्राथमिकता दिएको छ भने कम्पनीले आधारभूत आइफोन 18 पछि सार्वजनिकहुने बताएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *