
दाङ,साउन १६ । सात महिना पछि दाङ निर्माण व्यवसायी संघले पूर्णता पाएको छ । गत माघ १४ गते जिल्ला नेतृत्व चुन्नको लागि निर्वाचन भएपछि १७ गते मत परिनाम सार्वजनिक भएको थियो । त्यो निर्वाचन वाट दाङ निर्माण ब्यवसायी संघको अध्यक्षमा इश्वर पुन निर्वाचित भएका थिए ।
त्यसको सात महिना पछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी युवा वशन्त खड्का र घोराही निवासी अभिनास राणा कार्यसमिति सदस्यमा मनोनित गरिएका हुन । खड्का विजेश्वरी कन्ट्रक्सन प्रालीका प्रोप्राईटर हुन भने राणा ओसिस कन्ट्रक्सन प्रालीका प्रोप्राईटर हुन । बुधवार जिल्ला अध्यक्ष पुनको अध्यक्षतमा बसेको बैठकले सर्वसहमतिमा खड्का र राणालाई कार्यसमितिमा मनोनित गरेको हो । खड्का कलिलै उमेरमा निर्माण व्यवसायीमा चर्चा बटुल्न सफल नेपाल तरुण दलका जिल्ला कार्यसमिति सदस्य हुन भने राणा निर्माण व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष तथा हालका ५ नं. प्रदेशका अध्यक्ष बलिभद्र राणाका छोरा हुन । पछिल्लो पटक गरिएको विस्तार संगै कार्यसमिति १७ सदस्य पुगेको कार्यालय सचिव माधव चौधरीले फरक कोणलाई जानकारी दिए ।
कार्यालय सचिव चौधरीले बुधवार नै संघको आमन्त्रित सदस्यहरुमा थप ५ जनालाई मनोनित गरिएको जानकारी दिए ।
जसमा दंगिशरण गाउँपालिकाको हेकुली निवासी प्रमोद निर्माण सेवा प्रालिका प्रोप्राईटर प्रदिपकुमार केसी, घोराही निवासी पिके निर्माण सेवाका प्रोप्राईट प्रकाश विक, बबई गाउँपालिका निवासी टिडी निर्माण सेवाका प्रोप्राईट चन्द्रबहादुर डाँगी, तुलसीपुर निवासी तुलसी निर्माण सेवाका प्रोप्राईट प्रविनदिप केसी र घोराही निवासी गड ब्लेस निर्माण सेवाका प्रोप्राईट लोकेन्द्रबहादुर बस्नेत रहेको कार्यालय सचिव चौधरीले जानकारी दिए ।