२०८३ भाद्र ९ गते मङ्गलवार

काठमाडौंमा हत्या गरेका बसन्त र दाङमा पुत्र बियोगमा प्राण त्यागेकी आमा बिनाको पक्षमा न्याय माग्दै घोराहीमा प्रदर्शन


दाङ , भदौ ९ ।


काठमाडौंमा हत्या गरिएका २२ वर्षीय वसन्त कालाथोकी र उनको बियोगमा दाङमा प्राण त्यागेकी ३८ बर्षीया आमा बिना कालाथोकीको पक्षमा न्यायको माग गर्दै मंगलबार घोराहीमा पर्दशन भएको छ ।

काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित ‘भ्याली ब्वाइज होस्टल’ भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी भदौ ५ गते बिहान वसन्तको हत्या गरिएको थियो ।
आफ्नो छोरा बसन्तको काठमाडौंमा हत्या भएको खबर पाउना साथ पीडा सहन गर्न नसकी ३८ बर्षीया आमा बिना कालाथोकीले दाङको घोराही उपमहानगरपालिका – १७ चौघेरास्थित घरमा सोही दिन दिउँसो प्राण त्यागेकी थिइन ।
त्यसैको बिरोध र न्यायको माग गर्दै मंगलबार दिउँसो घोराहीमा आफन्त तथा स्थानीयले दबाबमूलक प्रदर्शन गरेका हुन ।
काठमाडौंमा हत्या गरिएका छोरा बसन्त र पुत्र बियोगमा प्राण त्यागेकी आमाको पक्षमा न्याय तथा उचित क्षतिपुर्ती माग गर्दै घोराहीमा पर्दशन भएको हो ।


उनीहरुले ब्यानरमा आमा छोराको तस्बिरसहित पर्दशन गरेका थिए । उनीहमरुले ‘छोरा बसन्त र आमा बिनालाई न्याय दे, हत्यारालाई फाँसी दे, होस्टेल संचालकलाई पक्राउ गरि छानविन गर, पीडितलाई उचित क्षतिपुर्तीसहित न्याय दे, हत्याको सत्य तथ्य सार्वजनिक गर’ जस्ता नाराहरु लेखिएका थिए ।
हत्याको ५ दिन बितिसक्दापनि वसन्तको शब शिक्षण अस्पाल काठमाडौंमा र आमा बिनाको शब घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।
एकै साथ छोरा र पत्नि गुमाएका रोमहर्ष कालाथोकी मलेसिया बाट मंगलबार राति साढे १० बजेपछि काठमाडौंस्थित त्रिभुवन अन्तराष्र्टिय बिमानस्थलमा आइपुग्ने आफन्त ओमकान्त रेग्मीले बताए । ओमकान्त नाताले रोमहर्षका भिनाजु हुन ।
रोमहर्ष स्वदेश फर्किए पछि मात्रै काठमाडौं शिक्षण अस्पतालमा राखिएको छोरा बसन्तको शब र दाङ घोराहीको स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको श्रीमति बिनाको शबको पोष्टमार्टम हुने भएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *