
मेनेजर भण्डारी घाइते , काठमाडौं रिफर
तुलसीपुर, भदौ ६ ।
तुलसीपुरस्थित एक पेट्रोल पम्पमा शनिबार बिहानै एउटा अप्रत्यासित घटना घटेको छ । त्यसमा परि एक जना घाइते भएका छन् ।
काउन्टरमा पूजाका लागि बालिएको अगर बत्तीमा ट्याङकर बाट पेट्रोल खन्याउँदै गर्दा आगलागी भएको थियो । जस्ले गर्दा तुलसीपुर उपमहानगरपालिका – ६ स्थित तुलसी पेट्रोल पम्पमा कार्यरत मेनेजर ४२ बर्षीय हुकुम भण्डारी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार भण्डारीको हात, खुट्टामा सामान्ने जलन छ ।
घाइते भण्डारीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
घाइते भण्डारीको परिवारले भने ढाडमुनी बढी जलन रहेको हूँदा उपचारका लागि काठमाडौं लैजान थालिएको बताए ।
शनिबार एका बिहानै ६ बजे भन्दा अगाडि रा १ ख २५५८ नम्बरको ट्याङकरले पेट्रोल पम्पका लागि ल्याएको पेट्रोल खन्याउँदै थियो । सोही समयमा काउन्टरमा पूजाका लागि धुप (अगर बत्ति) बालिएको थियो । काउन्टरको कोठा भित्र बालिएको अगर बत्तिमा खन्याउँदै गरेको पेट्रोल बाट काउन्टरमा आगो सल्किएको थियो । ठिक त्यही बेला काउन्टरमा मेनेजर भण्डारी प्रबेश गर्दा उनी जलनमा परेका थिए ।
ट्याङकर बाट अति प्रज्वलनशिल पेट्रोल खन्याउँदा आवश्यक सावधानी नपनाउनु तथा त्यही समयमा नकिजैको काउन्टरमा पूजाका लागि अगर बत्ती बाल्ने कमजोरी गरेका कारण अगरबत्तीको आगोबाट घटना भएको प्रहरीले जनाएको छ ।