२०८३ भाद्र ३ गते बुधवार

जसपा नेपालले सोध्यो आफ्नी सांसद काफ्लेलाई स्पष्टिकरण


तुलसीपुर, भदौ २ ।

जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई उक्त दलले स्पष्टीकरण सोधेको छ ।

पार्टीको संसदीय दलको निर्णय र ह्वीपविपरीत नेकपा एमाले नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यलाई भदौ १ गते विश्वासको मत दिएको भन्दै उनको पार्टीले काफ्लेलाई लिखित स्पष्टीकरण सोधेको छ ।
उनलाई तीन दिन भित्र त्यस्तो स्पष्टीकरण लिखित रुपमा बुझाउन भनिएको छ ।

मंगलबार संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले जारी गरेको स्पष्टीकरण पत्रमा सो कुरा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *