
तुलसीपुर, भदौ १ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजेपछि बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका छन् ।
साउन ९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डी बीच प्रदेशमा भागबण्डा गर्ने बारे ३ बुँदे सहमति भएको थियो ।
त्यो सहमति अनुसार लुम्बिनीको नेतृत्व एमालेले नै पाउने उल्लेख थियो । सोही सहमति बिगतमा नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यलाई नै फेरि निरन्तरता दिने एमाले नेतृत्वको बीचमा सहमति भएको थियो ।
दुई बाम गठबन्धनका बीचमा भएको सहमति अनुार तत्कालिन सत्ता साझेदार काँग्रेस साउन १२ गते पछि सरकार बाट बाहिरिदै मुख्यमन्त्री आचार्यलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
पहिलो पटक आचार्य काँग्रेसको समर्थनमा २०८१ साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
दुई बाम गठबन्धन बीचको सहमति पछि दुई बर्षको सत्ता साझेदार कांग्रेसले प्रदेश सरकार बाट बाहिरएको थियो ।
त्यसपछि मुख्यमन्त्री आचार्यले नेकपासमेतको समर्थनमा फेरि मुख्यमन्त्रीको लागि विश्वासको मत लिन लागेका हुन ।
काँग्रेसले समर्थन फिर्ता लिएको हुँदा संवैधानिक ब्यबस्था अनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, उनले त्यस अगाबै बिश्वासको मत लिन थालेका हुन ।
अहिले आचार्यलाई मुख्यमन्त्रीका रुपमा नेकपा, जनमोर्चा, लोसपा र जसपासमेतको समर्थन छ ।
२०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचन भन्दा पहिले सम्म लुम्बिनी प्रदेश सभामा ८७ जना संसद् थिए । त्यो निर्वाचनमा ४ जनाले राजीनामा दिएर चुनाव लडेका थिए ।
त्यसैले हाल लुम्बिनी प्रदेशसभामा ८३ जना मात्रै सांसद छन ।
यतिखेर बहुमत शिद्ध गर्न ४२ सांसदको समर्थन चाहिन्छ ।
लुम्बिनीमा एमालेका २९, नेकपाका सभामुखसहित १३ सांसद छन् । कानुनी ब्यबस्था अुनसार बराबर भएको अवस्थामा बाहेक सभामुखले मतदान गर्न पाउँदैनन् । आवश्यक बहुमत नपुग्ने भएको हुँदा पछिल्लो समय ओली र प्रचण्डले एक जना मात्रै प्रदेशसभास सदस्य रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल) सँग सहमति गरेका थिए ।
यो प्रदेशको दोस्रो ठूलो दल कांग्रेस हो । उसका २७ सांसद छन् । यहाँ राप्रपाका ४, जनमत र जसपा नेपालका समान ३ / ३, जसपाका २, राजमो १ र स्वतन्त्र १ जना सांसद छन ।
यसैबीच भदौ १ गते सोमबार जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाँले लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दिएको समर्थन फिर्ता लिएको बिज्ञप्ति मार्फत जनाएका छन् ।
