दाङ, साउन २९ ।
कतब्र्य ज्यान मुद्दामा अदालत बाट २० बर्ष कैद तोकिएका एक जना फरार प्रतिबादी दाङमा पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिहीबार जिल्लाको राजपुर गाउँपालिका–७ भौवाबाट फरार प्रतिवादी श्यामबहादुर झाँक्रीलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पछि झाँर्कीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
रोल्पा जिल्ला अदालतले १३ बर्ष अघि २०७०/०१/३१ गते कतब्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै झाँर्कीलाई २० बर्ष कैदको फैसला सुनाएको थियो ।
प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
