दाङ, साउन २० ।
बाँकेमा इँटाभट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ ।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिका– १९ भैयापुरस्थित ‘न्यू किसान इँटा भट्टा’को पर्खाल भत्किदा त्यसले च्यापेर साउन १८ गते बिहान सवा ११ बजेतिर ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो ।
पर्खालले च्यापेर घाइते भएका अर्का ४५ वर्षीय रामफैरिन कोरीकोपनि बुधाबर बिहान साढे ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको बाँकेका प्रहरी प्रबक्ता डिएसपी प्रतितसिंह राडौरले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
