२०८३ साउन १४ गते बिहिवार

लुम्बिनीमा सत्तापक्षका नेता अझैंपनि विपक्षी दलको नेता

तुलसीपुर, साउन १४ ।
लुम्बिनी प्रदेश सभामा सत्ता समीकरण फेरिएर नयाँ राजनीतिक समिकरण बनेको तीन दिन बितिसक्दापनि प्रदेश सभा सचिवालयले आफ्नो साइटमा अझैं सुधार गरेको छैन ।
यहाँ नेपाली काँग्रेसले साउन १२ गते मुख्यमन्त्री चेतनारायण खाचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही दिनदेखि काँग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ ।
तर, प्रदेशसभाका सचिवालयको लापरबाहीका कारण नेकपा (माओवादी केन्द्र) सत्ता पक्ष भइसक्दा समेत उक्त दलका नेता जोखबहादुर महराको नाम अझैं प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा राखिएको छ ।
केन्द्रमा भएको सत्ता समिकरण परिवर्तन अनुसार लुम्बिनीमा काँग्रेस सत्ता बाट बाहिरिएर प्रमुख प्रतिपक्षी भइ सकेको छ । हाल लुम्बिनीमा सत्ता बाहिरको सबैभन्दा ठूलो प्रतिपक्षी दल काँग्रेस हो । कानुन र संसदीय मान्यता अनुसार काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी प्रमुख विपक्षी दलको नेता हुन । तर, प्रदेश सभाको आधिकारिक वेबसाइटमा बिहीबारसम्म सत्ता पक्षका नेता महरालाई नै ‘विपक्षी दलको नेता’ को रूपमा कायम राखिएको छ । प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा काँग्रेस नेता चौधरीको नाम साइटमा हुनु पर्नेमा सचिवालयको लापरबाहीका कारण अझैं सत्ता पक्षिय नेता महराको नाम त्यसमा छँदैछ ।
सभाको आधिकारिक वेबसाइटको पदाधिकारी सूची सच्याउन ध्यान नदिदा यस्तो तथा सूचना अद्यावधिक (अपडेट) नगर्दा सर्वसाधारण भ्रमित भएका छन् ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *