२०८३ साउन १३ गते बुधवार

कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ

दाङ, साउन १३ ।
कर्णाली प्रदेशका नब नियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार सपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नव नियुक्र मुख्यमन्त्री शाहीलाई दिउँसो पाँचौँ मुख्यमन्त्रीका रुपमा सपथ गराएका हुन ।

मुख्यमन्त्री शाहीले बुधबार एक्लै सपथ लिन बाध्य भएका हुन । सत्ता साझेदार नेकपा र एमाले दुई दलका बीचमा मन्त्रीमण्डलमा पठाउने भागबण्डा नमिले पछि उनले एक्लै सपथ लिएका हुन । सपथ लगतै उनले पदभार ग्रहण गरेका थिए ।
नब नियुक्त मुख्यमन्त्री शाही सानो मन्त्री मण्डलका बीचमा आँफुले सपथ लिने भगिरथ प्रयासमा थिए । तर, उनको त्यो चाहाना बुधबार पुरा हुन सकेन । एमालेले आँफुले चार मन्त्री पाउनु पर्ने दाबी गर्दै आएको छ । तर, नेकपा भने समान ३ / ३ मन्त्रीको भागवण्डा हुनुपर्ने अडानमा छ । लुम्बिनीमा मूख्यमन्त्री बाहेक ६ मन्त्रालय मात्रै छन्् । त्यसैले यहाँ कुरा मिलि सकेको छैन ।
साउन ९ गते एमालेका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका थिए ।
कँडेलविरुद्ध कांग्रेस र नेकपाका गरि १६ जना प्रदेशसभा सदस्यहरूले असार २३ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नेकपाका सांसदहरुले पनि काँग्रेस नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने गरि हस्ताक्षर बुझाएको थियो । जबकी एमालेका कँडेल मख्य सत्तासाझेदार दल कांग्रेसकै समर्थनमा मुख्यमन्त्री बनेका थिए । काँग्रेसका ४ मन्त्रीहरूले सामूहिक राजीनामा दिदै कँडेललाई दिएको समर्थन फिर्ता लिएपछि कर्णालीमा राजनीतिको नयाँ कोर्ष सुरु भएको थियो ।
जुन दिन एमालेका तत्कालिन मुख्यमन्त्री कँडेल अल्मतमा परेपछि पदबाट राजीनामा दिएका थिए सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको थियो । सहमतिअनुसार कर्णाली र सुदूरपश्चिममा नेकपाले तथा लुम्बिनी, बागमती र कोशीमा एमालेले सरकारको नेतृत्व गर्ने भन्ने छ । बाँकी दुई प्रदेशमा अन्य दलसँगको सहकार्यमा सरकार गठन गर्ने उल्लेख छ । सोही सहमतिअनुसार नेकपाका शाही मुख्यमन्त्री बनेका हुन ।

प्रदेश प्रमुख जोशीले मंगलबार शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता मुख्यमन्त्री शाही आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा (एमाले) का १० जना गरी २४ जना बहुमत सदस्यको हस्ताक्षरसहितको समर्थन बुझाएको हुँदा प्रदेश प्रमुख जोशीले शाहीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन । कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । यहाँ सरकार बनाउन २१ जनाको समर्थन चाहिन्छ । दुई बाम शक्ति मिलेको हुँदा त्यो संख्या सहजै पुग्छ । यो प्रदेशको सबैभन्दा ठूलो दल भने नेपाली कांग्रेस हो । प्रदेशसभा सचिव डा. अर्जुनकुमार खड्काका अनुसार कांग्रेसका १५ जना प्रदेशसभा सदस्य छन । कांग्रेसलाई समर्थन गर्दै आएका एक स्वतन्त्र सांसदलाई जोड्दा यो संख्या १६ पुग्छ । राप्रपाका एक प्रदेशसभा सदस्य छन ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *