२०८३ भाद्र ९ गते मङ्गलवार

दाङका कम्युनिष्ट नेता शोभाराम बस्नेतको ८० बर्षको उमेरमा निधन


तुलसीपुर , साउन ११ ।


दाङका एक अग्रणी कम्युनिष्ट नेता शोभाराम बस्नेतको ८० वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।
नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य समेत रहेका नेता बस्नेको सोमबार बिहान २ ः १० बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा निधन भएको उनको पारीवारिक स्रोतले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ११ हस्नापुरका स्थायी बासिन्दा नेता बस्नेत लामो समयदेखि चिनी रोग (सुगर) को बिरामी थिए ।
चार दिन अघि निमुनियाबाट ग्रस्त बनेपछि उनलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । कोहलपुरमा हप्ता दिन राखेर उपचारको प्रयास भएको थियो ।


मृगौलाले काम गर्न छोडेपछि चिकित्सकको सुझावका आधारमा आइतबार दिउँसो बस्नेतलाई हस्नापुरस्थित घरमा ल्याइ आधा घन्टा जति राखिएको थियो । त्यसपछि तुलसीपुरस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।
तुलसीपुर– ११ का वडाध्यक्ष मानबहादुर रावतका अनुसार तुलसीपुरमा नेता बस्नेतको बेलुकी ८ बजेपतिर मृगौलाको डायलासिश गरिएको थियो । त्यसपछि पनि उनको स्वास्थ्यमा सुधार भएन । उनको सोमबार बिहान २ ः १० मा ८० बर्षको उमेरमा निधन भएको वडाध्यक्ष रावतले बताए ।
बस्नेका ४ छोरा मध्य जेठा छोरोका निधन भइ सकेको छ । उनकी १ छोरी पनि छिन् ।
बस्नेत पार्टी भित्र निष्ठा र इमानको राजनीति गर्ने नेताका रुपमा परिचित थिए ।
उनले जीवन भर दुई पटक मात्रै लाभको पद लिए । २०५४ तिर तत्कालिन जिल्ला बिकास समिति दाङको सदस्य भएका थिए भने २०७४ मा एमाले महासचिव शंकर पोखरेल लुम्बिनीको पहिलो मुख्यमन्त्री छँदा तत्कालिन सुकुम्बासी समस्या आयोगको केन्द्रीय सदस्यमा नियुक्त भइ काम गरेका थिए ।
जिल्ला पार्टी राजनीतिमा २०६४ सालमा उनी जिल्ला सचिव अर्थात पार्टी प्रमुखको जिम्मेवारीमा थिए । त्यसअघि जिल्ला उपसचिव, जिल्ला कमिटी सदस्य , जिल्ला सचिवालय सदस्य, दाङ क्षेत्र नं. ३ को इञ्चार्जको जिम्मेवारीमा थिए ।
स्वर्गिय बस्नेतले इण्डियाबाट नेपालको एलएलसी सरहको पढाइ पुरा गरेको बताएका थिए । उनको अँग्रेजीका साथै हिन्दीमा पनि राम्रो दख्खल थियो ।
बिद्यार्थी कालमै बिक्रम संबत २०२८ को दशकमा कोके (कोडिनेसन कमिटी) मा रहेर उनले राजनीतिक यात्राको थालनी गरेका थिए । तत्कालिन निर्दलिय पञ्चायतका बिरुद्ध उनले भूमिगत रुपमै आन्दोलन छेडेका थिए । बस्नेत दाङको नेपाली कम्युनिष्ट आन्दोलनको संस्थापक मध्यका एक हुन । उनी आन्दोलनका क्रममा पटक / पटक जेल परेको वडाध्यक्ष रावतले बताए ।

मृत्यु पछि नेता बस्नेतको शब बिहान उनका माइला छोराको तुलसीपुर – ६ हात्तीखौला स्थित घरमा लगेर राखिएको थियो । बिहान ९ बजेपतिर तुलसीपुरस्थित एमालेको अञ्चल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । बस्नेतलाई अन्तिम श्रद्धाञ्जली दिन लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, जिल्ला अध्यक्ष शिवकुमार आचार्य लगाएत नेता कार्यकर्ता आउने वडाध्यक्ष मानबहादुर रावतले बताए ।
जिल्ला अध्यक्ष आचार्यले बस्नेतको निधनले दाङको कम्युनिष्ट आन्दोलन र नेकपा (एमाले) दाङलाई अपूरणिय क्षति पुगेको उल्लेख गरेका छन् ।
त्यसपछि नेता बस्नेतको शब अन्तिम संस्कारका लागि तुलसीपुरको सितलपुरस्थित बबई नदी घाटमा लगिने भएको छ ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *