
तुलसीपुर , असार ४ ।
समुदायमा रहेका महिला समुह तथा विपन्न, लक्षित थारु महिलाहरुसंग आयआर्जन तथा आर्थिक विकासका विषयमा तुलसीपुरमा अन्तरक्रिया गरिएको छ ।
बेस सस्थाको आयोजकोना, तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्य तथा डोम च्यारिटी तथा फेमिली फाउण्डेशनको सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिलाहरु आयआर्जनसंग जोडिए मात्रै आर्थिक समृद्धि संभव हुने बताए ।
आफनो सीप, व्यवसाय, कृषि सबै क्षेत्रसंग जोडिएर महिला आर्थिक शसशक्तिकरणमा लाग्न जरुरी रहेको उनले जोड दिए ।
महिलामा आर्थिक विकास भयो भने मात्रै समाजरुपान्तरण हुने भन्दै नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले महिलाहरुले घरमै बसेर गर्ने सीप मुलुक कामले २०/ ३० हजार रुपैया कमाउने वातारण बन्नु पर्ने बताए ।
प्रदेश सरकार बाट यो वर्ष यस क्षेत्रमा १० हजार महिलालाई आय आर्जनमा जोड्ने गरि कार्यक्रमको व्यबस्था गरिएको उनले बताए ।
तुलसीपुर उद्योड वाणिज्य संघका अध्यक्ष विनिल केसीले महिलाहरुको सीप विकास र आयआर्जनका लागि संघले भूमिका खेल्ने बताए । उनले पूर्वमुख्यमन्त्री चौधरीको सहयोगमा केही सिप विकासका कार्यक्रम गरेर महिलालाई आयआर्जजमा जोडि सकिएको पनि बताए ।
सघका महासचिव केशवराज केसीले थारु महिलाहरुले परम्परागत बस्तुहरुलाई संरक्षण गरि त्यसलाई आयआर्जनमा लैजानु पर्ने बताए ।
विपन्न महिला तथा महिला समुहरुलाई आय आर्जनसंग जोडेर महिलाहरुको आर्थिक विकासमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको रहेको बेसकी कार्यक्रम निर्देशक पिंकी डाँगीले बताइन ।
उनका अनुसार बेसले धेरै वर्षदेखि अल्पसंख्यक, विपन्न, थारु महिलाहरुको क्षेत्रमा काम गर्दै आएको र समुहगत रुपमा पनि काम गर्दै आएको छ ।
यो वर्षपनि विभिन्न माध्यमबाट महिलालाई आर्थिकोपार्जन तथा आयआर्जनमा जोडिने उदेश्यले कार्यक्रम जारी रहेको उनले बताइन ।
उजेली चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथित पूर्वमुख्यमन्त्री चौधरी र बिशिष्ट अतिथि बाणिज्य संघका अध्यक्ष केसी थिए ।
कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नरबहादुर चौधरी, जेनिसा केसीले उत्पादन र त्यसको बजारीकरणका विषयमा अबगत गराएका थिए । कार्यक्रको सहजीकरण गोपाल शर्मा भट्टराईले गरेका थिए ।
