२०८३ साउन ५ गते मङ्गलवार

स्पेनलाई विश्व फूटबल च्याम्पिएनको उपाधि

दाङ, साउन ४ ।
स्पेनले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै सन २०२६ को विश्वकप जितेको छ ।
उस्ले अहिलेसहित दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको हो । स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो ।

स्पेनले ‘न्यु जर्सीको मेटलाइफ रंगशाला’मा सोमबार बिहान भएको खेलमा अतिरिक्त समयमा स्पेनका लागि फेर्रान टोरेजले १०६ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
निर्धारित ९० मिनेटमा दुबै देशले गोल रहित बराबरी खेलेका थिए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पहिलो हाफमा पनि दुबै दिमबाट कुनै गोल भएन ।


अतिरिक्त समयको दोस्रो हाफ पछि निको विलियम्सले दिएको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका फेर्रान टोरेजले अर्जेन्टिनाको पोष्टमा गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी टाइममा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले रातो कार्ड पाएका थिए । त्यसपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले खेलमा सोचे जस्तो पर्दशन गर्न सकेनन् । तर मेसीले ब्राजिलका काफुपछि ३ विश्वकपको फाइनल खेल्ने कीर्तिमान भने बनाउन सफल भए ।


अर्जेन्टिनाले यसअघि १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको थियो । कतारमा भएको २०२२ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
अर्जेन्टिनाल फाइनल पुगेर पनि भोगेको यो चौथो हार हो ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *