दाङ, असार ३० ।
कञ्चनपुर प्रहरीले ६ बर्ष कैद तोकिएका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
डाँका चोरी मुद्दामा ६ बर्ष कैद तोकिएका ६२ बर्षीय प्रतिबादी गणेशबहादुर बोहरा छन् ।
कञ्चनपुरका प्रबक्ता डिएसपी टेकबहादुर रावतका अनुसार जिल्ला अदालत कञ्चनपुरले २०७४/१०/१४ गते डाँका चोरी मुद्दामा बोहरालाई ६ बर्ष कैद सजाएको फैसला सुनाएको थियो ।
पुर्खेउली घर बझाङको बङगल नगरपालिका –८ घर भइ कञ्चनपुरको कुष्णपुर नगरपालिका –४ किचाइ पछि पछिल्लो समय काठमाडौं कीर्तिपुर नगरपालिका –९ एन गाउँ बस्दै आएका बोहला सोमबार पक्राउ परेका थिए ।
त्यसयता बोहरा फरार थिए । पक्राउ पछि बोहरालाई मंगलबार जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार