२०८३ असार २३ गते मङ्गलवार

सुनको मुल्य तोलामा १ हजार ४ सय रुपैयाँले घट्याे ,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं,असार २३ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै आज बजारमा छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा भइरहेको छ।

यसअघि सोमबार प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँमा सुनको खरिदबिक्री भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५५५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *