२०८३ असार २१ गते आइतवार

धान राप्दै गर्दा चट्याङ बाट २६ बर्षीया दीपाको मृत्यु, दुई जना घाइते

तुलसीपुर,, असार २१ ।
दाङको घोराहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जना महिलाको मृत्यु । थप दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा बंगलाचुली गाउँपालिका–२ मर्पेसकी २६ वर्षीया दिपा थापाको मृत्यु भएको हो ।
चट्याङ बाट अचेत बनेकी उनलाई उद्धार गरि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो ।
चेकजाँच पछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । शनिवार बेलुकी पख खेतमा धान रोपिरहेका बङगलाचुली गाउँपालिका–२ मर्पेसकी दिपा संगै २९ वर्षीया कमला थापा र २४ वर्षीय सन्दीप विकपनि घाइते भएका थिए ।
घाइतेमध्ये कमलाको आइसियूमा र सन्दिपको नर्मल वाडमा राखेर प्रतिष्ठानमा उपचार जारी रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी हेमबहादुर केसीले बताए ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *