२०८३ असार १८ गते बिहिवार

कर्णाली यात्रुबहाक गाडी दुर्घटना – भीरमा अड्किएका ब्यक्तिको मृत्यु

दाङ, असार १८ ।
दैलेखमा यात्रु बहाक फोर्स गाडी कर्णाली नदीमा खस्ने क्रममा भीरमा अड्किएको अवस्थामा फेला परेका एक जना मृत्यु भएको छ ।
उनको सनाखत भइ सकेको छैन ।
अन्दाजी ३५ बर्षीय युवकलाई भीरमा अडुकिएको अवस्थामा मृत फेला परेका ब्यक्तिको शब माथि सडकमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।
घटनास्थल बाट दैलेखका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषिराज गौतम हरिजनले हालसम्म पनि गाडीमा कति जना सवार थिए भन्ने एकिन भइ नसकेको बताए । दुर्घटनास्थल एकदमै ठाडो भीर रहेको तथा भीरमा यत्रतत्र गाडीका अवषेशहरु देखिएको उनले बताए ।
घटनास्थलमा उद्धारका लागि भनेर ४० जना बढी नेपाल प्रहरी , २० बढी सशस्त्र प्रहरी खटिएका छन् । नेपाली सेनापनि उद्धारका लागि घटनास्थल पुग्दै गरेको जानकारी दिइएको छ ।
बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ७ स्थित कर्णाली नदीमा क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबहाक फोर्स गाडी खसेको थियो ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको उक्त यात्रुवाहक फोर्स गाडी झन्डै ४०० मिटर मुनीको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रबणकुमार बिकले जानकारी दिएका छन् ।
कर्णाली राजमार्ग बाट खसेको फोर्स गाडीको कुनैपनि अवषेश हालसम्म देखिएको छैन । गाडी नदीमा डुबेको बताइएको छ ।
दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडा बाट ३ किलोमिटर उत्तर तर्फ पर्छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट भने घटनास्थल झन्डै ५० किलोमिटर पश्चिममा पर्छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *