दाङ, असार १५ ।
बाँकेको कोहलपुरमा ढुँगा प्रहार गरि सहोदर दाजुको हत्या गरेको आरोपमा भाइलाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका – ४ गोहवाका २० बर्षीय बिनोद चौधरीले आइतबार बेलुकी सात बजेतिर सहोदर दाजु २६ बर्षीय मनोज चौधरीको ढुँगा प्रहार गरि हत्या पछि फरार रहेका थिए ।
इलका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रशाद पुनका अनुसार फरार बिनोदको प्रहरीले सोमबार बिहान साढे ६ बजेतिर नेपालगंज उपमहानगरपालिका –१५ चन्हवा बाट नियन्त्रणमा लिएको थियो । उनी छिमेकी देश भारत प्रबेश गर्ने प्रयासमा थिए । प्रहरी निरीक्षक पुनका अनुसार बिनोदका बिरुद्ध प्रहरीमा यसअघि पनि चोरी लगाएतका मुद्दाहरु रहेको खुलेको छ ।
आइतबार बेलुकी ७ बजेतिर मदिरा सेवन पछि दाजु भाइका बीचमा सामान्ने कुरालाई लिएर बिबाद भएको थियो ।
आपसी भनाभनकै क्रममा भाइ बिनोदले ठूलो ढुंगा उठाएर दाजु मनोजको टाउकोमा प्रहार गरेका थिए । त्यो चोट खेप्न नसकी मनोज सिक्टा नरहमा खसेका थिए ।
प्रहरी पुगेर मनोजको शब नहरबाट निकालेको पुनले बताए । शब पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ ।