
दाङ, असार १३ ।
दुर्घटनामा परेका प्यूठानको स्वर्गद्धारी नगरपालिकाका उपमेयर ५० बर्षीय उपमेयर मिनराज राना मगरको कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर मुनी रुखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त फेला परेको थियो ।
जिल्लाका प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार गाडी संगै मुनी च्यापिएको अवस्थामा फेला परेका उपमेयरको कुनै प्रतिक्रिया नदिएको भन्ने सूचना घटनास्थल बाट मातहतका प्रहरीले पठाएका छन् ।
‘ उहाँ गाडीमा च्यापिएको अवस्थामा फेला परेको तथा कुनैपनि प्रतिक्रिया नदेखिएको भन्ने छ,’ डिएसपी अधिकारीले भने ‘ उहाँलाई त्यहाँबाट निकाल्ने प्रयास जारी छ ।’ अस्पताल पुर्याएपछि उपमेयरको अवस्था बारे थाहाँ हुने प्रहरी प्रबक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए ।
उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गर्दा दुर्घटनामा परेका थिए । उनी गाडीमा एक्लै सवार थिए । घटना स्थालमा अस्थायी प्रहरी पोष्ट खाल बाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्मा नेतृत्वको टोली खटिएको छ ।
घटास्थल अस्थायी प्रहरी पोष्ट खाल बाट अन्दाजी ९ किलोमिटर उत्तर पुर्व रहेको छ ।
उपमेयर आँफैले चलाएको गाडी झन्डै ४०० मिटर मुनी पुगेर रुखमा अड्किएको अवस्थामा फेला परेको छ ।
उनी २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए ।