दाङ, भदौ १७ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले पत्रकार सम्मेलन गरि बिभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गरेको छ ।
सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्ववाट प्रतिनिधित्व गर्ने डिबी भनिने धनबहादुर केसीलाई सांसद पदबाट हटाउन माग गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्काले कुर्मी ब्यक्ति अपहरण, बन्धक तथा हत्या जस्तो जघन्ने अपराधमा आरोपित रहेको र केसी किर्ते मुद्दामा ३३ बर्ष पहिले अदालतवाट दोषी ठहर भइ एक बर्ष कैद र दुई हजार जरिवाना तोएिका ब्यक्ति भएको हुँदा उनीहरु सांसद बन्न अयोग्य रहेको भन्दै हटाउनु पर्ने माग गरेका थिए ।
उनीहरु दुबै जना नेपाली काँग्रेसबाट निर्वाचित सांसदहरु हुन ।
बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर जस्तो अभियोग मन्त्री कुर्मीका बिरुद्ध रहेको छ । मन्त्री कुर्मीलाई कारबाही हुनुपर्ने मागसहित महिला अधिकारकर्मीहरुले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।
त्यस्तै सांसद केसीमाथि किर्ते गरेको अभियोग छ । २०४८ साल असार ६ गते तत्कालिन जिल्ला न्यायाधिस बमकुमार श्रेष्ठको इजलासले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरारको सूचिमा रहँदै आएका छन् ।
आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर उनीहरुले सोही मागसहितको ज्ञापन पत्र बुझाएका थिए । पार्टीका प्रदेश इञ्चार्ज तिलकको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउनु भन्दा पहिला प्रदेश राजधानी बाहिर पर्दशन गरेको थियो ।
आफ्नो मागको वेवास्ता गरे थप चरणवद्ध आन्दोलनहरु गर्न बाध्य हुने पार्टीका जिल्ला सक्रेटरी खड्काले चेतावनी दिएका छन् ।