२०८३ भाद्र ११ गते बिहिवार

चारलेन परियोजनाले ७ दिन भित्र सम्पर्कमा आउन ठकेदार कम्पनीलाई अल्टिमेटम


तुलसीपुर, चैत २। चारलेन सडक स्तरोन्नती परियोजना लमही फिल्ड कार्यालय दाङले चार लेन सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई सात दिन भित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ ।

तुलसीपुर– घोराही सडक निर्माणमा बिलम्ब भएपछि सार्बजनिक सूचना प्रकासित गरि परियोजनाले तुलसीपुर– घोराही २८ किलोमिटर सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राष्टक्चर प्रोजेक्टलाई त्यस्तो अल्टिमेटम दिएको हो ।

सात दिन भित्र सम्पर्कमा आउन र १५ दिन भित्र देखिने गरि फिल्डमा खटेर काम नभए नभए ठेक्का तोडिने चेतावनी समेत दिइएको छ ।

परियोजनाका लमही फिल्ड कार्यालयल प्रमुख डिइ अर्जुन वमले कार्यालयको तर्फबाट ठेक्का तोड्नु अगाडिको यो नै अन्तिम प्रक्रिया मान्नु पर्ने तर्क गरे ।

तथ्यको तर्फबाट यसअघिका नेपाल प्रतिनिधि अनुप पाण्डे हाल ठगी मुद्दामा प्रहरी नियन्त्रणमा छन् ।

पाण्डे पछि पेटी ठेकेदारको रुपमा कामको जिम्मा लिएका मध्य एक जना पेटी ठेकेदार शम्भु चौधरीको हत्या भइसकेको छ ।

पछिल्लो समय सडक निर्माणका काम ठप्प बनेपछि नेपाल सरकारले तथ्य संगको ठेक्का सम्झौंता तोड्ने तयारीमा लागेको देखिएको छ ।

परियोजनामा हालसालै कामको जिम्मा पछिल्लो समय हेटौंडाको श्रेष्ठ कम्पनीका रोषण श्रेष्ठले पाएको भनेर तथ्यबाट इमेल आएको छ ।

करिव एक अर्व २१ करोड रुपंैयामा ठेक्का भएको परियोजना सन २०१९ जुलाईबाट सुरु भएको थियो ।

संझौता अनुसार मे २०२० मा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । सडक निर्माणको काम २ वर्षमा काम पुरा गर्ने गरि अहिले सम्म करिब ७ प्रतिसत मात्रै काम भएको छ ।

कारोना भाइरसको संक्रमणको कारण देखाउंदै पछिल्लो सयम थपिएको स्तरउन्नतिको म्याद सन २०२२ मे २१ सम्म मात्रै रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *