
तुलसीपुर, असोज २३ ।
ग्वारखोलामा निर्मित पक्की पुलमाथिको भाग धम्पिकए जिर्ण बन्दा दुर्घटनाको उच्च जोखिम देखिएको छ ।
राप्ती राजमार्ग अन्तगर्तत तुलसीपुर उपमहानगरपालिका – १२ पुकार पसलदेखि दक्षिणबाट पूर्व ग्वारखोला माथि निर्मित पुलको सवारी साधन गुड्ने पिचमा झन्डै आधा दर्जन ठाउँमा भत्किर खाडल परेका छन् ।
ती खाडलमा फलामे छड निस्कएका तथा ठडिएका छन् । जस्ले गर्दा सवारी चालक दुर्घटनामा पर्न सक्ने ठूलो संभावना छ ।
पुल धम्पिकए जोखिम युक्त बनि सक्दापनि सम्बन्धित निकायको मर्मतका लागि ध्यान पुगेको छैन ।
जिल्ला फरक भएपनि दाङमा पुलहरु निर्माण तथा मर्मत गर्ने निकाय बाँकेको नेपालगंजस्थित पुल सेक्टर कार्यालयल हो ।
पुलको जिर्ण तथा संभावित दुर्घटनाको जोखिम अवस्था बारे डिभिजन सडक कार्यालय दाङका प्रमुख इञ्ज्निियर दीपेन्द्रबहादुर बिष्टले तत्काल तुलसीपुर – भोजपुर जोड्ने पुल मर्मतका लागि पुल सेक्टर कार्यालय नेपालगंजलाई आग्रह गरिएको भएपनि हालसम्म काम हुन नसकेको बताए ।
‘आधा दर्जन बढी ठाउँमा सवारी साधन गुड्ने पुलको पीच धप्किएको तथा त्यसवाट फलामे रडहरु निस्किएको साँचो हो,’ उनले भने ‘ त्यो पुलको यात्रा सवारी चालकले सावधानी पूर्वक नगरे दुर्घटनाको जोखिम उच्च छ ।’

चाड पर्वको भिडभाडमा थप चिन्ता बढेको हुँदा डिभिजन सडक कार्यालय दाङले पुल सेक्टर कार्यालयलाई सजग गराइ सकेको भएपनि काममा बिलम्ब भइ रहेको हुँदा अब समन्वय गरि पुल सेक्टरको काम डिभिजन सडक कार्यालय दाङले नै गर्ने कि भनेर छलफल भइ रहेको कार्यालय प्रमुख बिष्टले बताए ।
भत्किएको पुलको अवस्था बारे थाहाँ नपाएको नयाँ सवारी चालक तथा चाड पर्वको समयमा बाहिर बाट आउने मानिसहरु दुर्घटनामा पर्न सक्ने अवस्था देखिएको हुँदा दशैं पहिले नै केही गर्न सकिन्छ कि भनेर आँफुहरुले छलफल थालेको उनले बताए ।
स्थानीय शिक्षक शिवराज बस्नतेले पनि पुलको यात्रा निकै जोखिम युक्त बनि सकेको हुँदा सरोकार वालाहरुले तत्काल मर्मतका लागि ध्यान दिन जरुरी भइ सकेको बताए ।
‘ कोही दुर्घटनामा पर्नु भन्दा पहिलै पुल मर्मत होस,’ उनले भने ‘ केही दुर्घटनाका घटना भइ सकेको हुँदा त्यसबाट पाठ सिकेर मानिस मृत्युको मुखमा पुग्नु पूर्व नै पुलको अवस्था सुधार गरिनु बुद्धिमानी हो।’
बस्नेतले ढलान भत्किएर फलामका सरिया ठडिएको कारण बिषेश गरि दुई पाङ्ग्रे सवारी चालक , अटो चालक बढी जोखिममा पर्ने संभावना रहेको हुँदा तत्काल पुल र्ममत गरिनु पर्ने माग गरे ।
