२०८३ असोज २३ गते शुक्रवार

शुक्रबार दिनभर यस्तो छ मौसम ?

भोलिदेखि मौसम क्रमिक सुधार हुने



काठमाण्डौ,असोज २३ । आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै हिमाली तथा पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरु तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ ।

मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

देशका पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *