२०८३ असार १८ गते बिहिवार

६ जना गोताखोरले दिनभर खोज्दापनि फेला परेन कर्णालीमा डुबेको गाडी

दाङ, असार १८ ।
६ जना गोताखोरले दिनभर खोज्दापनि कर्णालीमा खसेर डुबेको गाडी फेला पार्न सकेनन् ।

बिहीबार बिहान साढे ११ बजेतिर कर्णाली नदीमा यात्रुबहाक फोर्स गाडी खसेको अबर लगतै प्रहरी र सशस्त्र प्रहरी खोजी तथा उद्धार कार्यका लागि खटिएका थिए ।
सुर्खेत बाट आएको सशस्त्र प्रहरीको ६ जना गोताखोरसहितको टोलीले दिनभर जसो खोजी गर्दापनि गाडी कतै फेला पर्न नसकेको हो ।
प्रहरीको अनुसार बर्षापछि पानीको बहाब अधिक हुनु, पानी धमिलो हुनु जस्ता कारणहरुले खोजी कार्य प्रभाबित बनेको हो ।
दुर्घटना स्थलको भीरमा अचेत अवस्थामा फेला परेका एक जना युवालाई उद्धार गरि जिल्ला अस्पताल दुल्लु पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार बिकले हालसम्म पनि गाडीमा कतिजना यात्रु सवार थिए भन्ने एकीन भइ नसकेको बताए । प्रहरी स्रोतका अनुसार सुर्खेतमा ३ जना यात्रुले चलानी काटेको खुलेको छ ।
गाडीका चालक र सहचालक गरि पाँच जना सवार रहेको अनुमान गरिएको छ । तर, बाटोमा कहाँ कति जना चढे भन्ने एकीन भइ नसकेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबहाक फोर्स गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ७ स्थित कर्णाली नदीमा खसेको थियो । गाडी झन्डै ४०० मिटर मुनीको कर्णाली नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडा बाट ३ किलोमिटर उत्तर तर्फ पर्छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *