२०८३ असार १८ गते बिहिवार

कर्णालीमा नदीमा खस्यो यात्रुबहाक फोर्स गाडी


दाङ, असार १८ ।
कर्णाली नदीमा यात्रुबहाक गाडी खसेको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ७ स्थित कर्णाली नदीमा क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबहाक फोर्स गाडी बिहान साढे ११ बजेतिर खसेको हो ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको उक्त यात्रुवाहक फोर्स गाडी झन्डै ४०० मिटर मुनीको कर्णाली नदीमा खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रबणकुमार बिकले जानकारी दिए ।
कर्णाली राजमार्ग बाट खसेको फोर्स गाडीमा कति जना सवार थिए भन्ने खुली नसकेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषिराज गौतम हरिजनले बताए ।
उनले आँफु घटनास्थल तर्फ गइ रहेको बताए । साथै भीरमा अड्किएका एक जना अचेत अवस्थामा रहेका ब्यीक्तको उद्धार गरि सडक तर्फ ल्याउने प्रयास जारी रहेको उनले बताए । उद्धारका सामाग्रीसहित घटनास्थलमा ३५ जना प्रहरी खटिएका छन् ।

दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडा बाट ३ किलोमिटर उत्तर तर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *