२०८२ बैशाख ७ गते शनिवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं,फागुन २० । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *