२०८२ बैशाख ७ गते शनिवार

डिभाईन मन्टेश्वरीको नवौं बार्षिकोत्सव सम्पन्न


तुलसीपुर,फागुन १९ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाईन मन्टेश्वरीले नवौं बार्षिकोत्सव मनाएको छ ।

शनिबार तुलसीपुरमा कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । डिभाईन मन्टेश्वरीका फाउन्डर ओम प्रकाश न्यौपानेको अध्यक्षयता तथा रासस दाङका प्रमुख नारायणी रजौरेको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि रजौरेले बालबालिकाहरु कलिला माटो भएकाले उनीहरुलाई असल र संस्कारी बनाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताईन ।

कार्यक्रममा मानव अधिकारकर्मी शुष्मा लामिछाने, सहायक प्रिन्सिपल महेश लामिछानेलगायतले बिद्यालय बिद्यार्थीको दोस्रो घर भएकाले बिद्यालयले बिद्यार्थीलाई अनुशासन, संस्कार र ब्यबहारिक शिक्षा दिनुपर्ने बताएका थिए ।
त्यस अवसरमा विद्यार्थीहरुले पनि मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न संस्कार, संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो, भने बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाएका थिए ।

मन्टेश्वरीका प्रिन्सिपल बिन्दु खनालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षिका सुजता डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *