२०८२ बैशाख ७ गते शनिवार

डिभाईन एकाडेमीको १६ औं बार्षिकोत्सव


तुलसीपुर,फागुन ८ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित डिभाईन एजुकेशन फाउन्डेशनद्वारा सञ्चालित डिभाइन एकाडेमीको १६ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

बार्षिकोत्सवमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विद्यार्थी विदेश जाने अबस्थाको अन्त्य हुनुपर्ने बताए ।

अहिले १२ पास गरे विद्यार्थीहरु विदेश जाने गरेको भन्दै यो अबस्था अन्त्य हुनुपर्ने बताए ।“१२ पढ्ने र विदेश जाने अबस्था छ,यसले गर्दा नेपालको दक्ष जनशक्ति विदेश जाने अबस्था छ”,उनले भने “अब यो विषयमा पनि शिक्षा दिनुपर्छ, कम्तिमा विद्यार्थीहरु स्वदेशमै बस्ने वातावरण तयार गर्नुपर्छ ।”

अहिले पनि धेरै अभिभावकहरु गिट्टी कुटेर आफ्ना सन्तानलाई पढाउने गरेको भन्दै त्यस्ता अभिभावकलाई सम्मान गर्नुपर्ने समेत बताए । त्यस्तै अतिविपन्न अभिभावकहरुको आम्दानी बृद्धि हुने वातावरण तयार हुनुपर्ने बताए ।

“केही अभिभावकको आर्थिक अबस्था कमजोर भएकै कारण राम्रो विद्यालय पढाउन सक्ने अबस्था पनि छैन”,उनले भने “यसलाई पनि सरकारले ख्याल गर्नुपर्ने अबस्था छ। म सरकारमा हुँदा यो कुरामा ध्यान दिएको थिएँ।”

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं.६ का अध्यक्ष दुजमान भण्डारीले अब सीप मुलुक शिक्षा आबश्यक रहेको बताए ।

बार्षिकोत्सवमा कलाकार राधिका हमालले प्रस्तुती राखेका थिए, भने विद्यार्थीहरुले बिभिन्न भेषभुषा समेटिएका प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावकको तर्फबाट युवराज केसीले मन्तब्य ब्यक्त गर्दै विद्यालयले शिक्षासंगै संस्कार समेत सिकाएको बताएका थिए ।

फाउन्डेशनका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका इसिए कोर्डिनेटर आकाश सिंहले विद्यालयको प्रगति विवरण पेश गरेका थिए ।

योगा प्रशिक्षक माधवा शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण भाइस प्रिन्सिपल महेश लामिछानेले गरेका थिए । हाल मन्टेश्वरीदेखी कक्षा १२ सम्म १५ सय बढि विद्यार्थी रहेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *