तुलसीपुर ,फागुन ३। तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ ।
गत वर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो ।
योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहले बताए ।
योग अभ्यासले मानिसलाई शारीरिक, मानसिक र आत्मिक समृद्धि हासिल गर्न मद्दत गर्ने बताउँदै शिक्षा र योगको संयोजन गर्दै समग्र राष्ट्रका लागि बलियो र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा समिति निरन्तर लागिरहेको बताए ।
योग,वैदिक सस्कृत तथा आधुनिक शिक्षालाई संगै लैजान योग्य तथा चरित्रवान नागरिक बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गोलौरीमा विद्यालय सञ्चालन गरिएको उनले बताए ।
आचार्यकुलम सञ्चालन समितिका अध्यक्ष दिपक बस्यालको अध्यक्षता तथा पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहको प्रमुख आतिथ्यता एव्म प्राध्यापक निलप्रकाश सापकोटाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
आचार्यकुलममा चालु शैक्षिक सत्रमा प्ले ग्रुपदेखि ६ कक्षासम्मको पठनपाठन सञ्चालन भैरहेको विद्यालयमा दुई सय ५० बढि विद्यार्थीले अध्यययन गरिरहेका छन्।
आगामी शैक्षिक शत्रदेखी कक्षा ७ पनि सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष बस्यालले जानकारी दिए । कार्यक्रममा बोल्ने वक्ताहरुले वैदिक शिक्षा आजको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा योगा अभ्यासका प्रस्तुतीहरु राखेका थिए । यसैविच वार्षिकोत्सवका अवसरमा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामामा नौवटा योग साधना केन्द्र सहभागी रहेका थिए । सम्पन्न प्रतियेगितामा अरनिको योग साधना केन्द्र तुलसीपुर प्रथम,दोघरे आयुर्वेद योग साधना केन्द्र द्वितीय र भुयारथान योग साधना केन्द्र तुलसीपुर तृतिय भएका छन् ।
आचार्यकुलमका प्राधानाध्यापक मिलन बुढाथोकिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रमको सहजीकरण संचालक समिति सदस्य टेक बहादुर खड्काले गरेका थिए ।