२०८२ कार्तिक २८ गते शुक्रवार

हाजिरीजवाफ प्रतियाेगितामा माउन्ट भ्यु प्रथम

दाङ,पुस १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएकाे छ ।

साेमबार जिल्लाकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी स्कुलमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका सलिना पाैडेल, रक्षा शर्मा र अनस न्याैपानेकाे समूह प्रथम, गुरूकुल एकेडेमीका अंशु खनाल, साेहन खनाल र आर्यान घर्तीकाे समूह द्वितीय, गाेरखा मावि तुलसीपुरका प्रतीक्षा पुरी, शिशिर सुनार र विकास बस्नेतकाे समूह तृतीय र अमर इङलिस बाेर्डिङ स्कुलका निशान दशाैदी, आशुतोष खरेल र माैसकी राेका मगर सान्त्वना भएका छन् ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र अधिकारी , प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए भने हाजिरीजवाफकाे सहजीकरण राजेन्द्र चन्दले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *