२०८२ कार्तिक २८ गते शुक्रवार

सरस्वती मावीको ४४ औ बार्षिकोत्सव सम्पन्न


दाङ, पुस १३ । दाङको घोराही उपमहानगरपालिका वडा नं ५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलले शनिवार एक कार्यक्रम गरी विद्यालयको ४४ औं बार्षिकोत्सव मनाएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा एंव घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका छन ।

घोराही बजारको केन्द्र बिन्दुमा रहेको सरस्वती माध्यमिक विद्यालयको चौतर्फी बिकास लागि सवै एक भएर लाग्नु पर्ने बक्ताहरुको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । 

कार्यक्रममा गत शैक्षिक सत्रमा बिभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

बाषिकोत्सव समारोहमा वर्षभर नियमित शिक्षक गोमा वलि, सेवा निबृत शिक्षक रमेश गौतमलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यालयमा बिभिन्न चन्दादाताहरुले स्थापनका गरेको अक्षयकोषबाट बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो ।

सरस्वती माध्यमिक विद्यालयका प्लस टु कोर्डिनेटर हेमराज शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा शिक्षक-अभिभावक संघका अध्यक्ष दिपबहादुर खत्री, माबी रझेनाका प्रधानाध्यापक उद्दव न्यौपाने लगायतकाले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण विद्यालयको सहायक प्रधानाध्यापक प्रकाश डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *