दाङ, असोज १२ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा तथा पाँचौ अबिधेशन आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेशका सचिव डाक्टर नम्रता सिंङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख सिंङले सहकारीलाई उत्पादनको क्षेत्रमा लगानी बढाउन आग्रह गरे । थोरै खराव सहकारीका कारण सिंगो सहकारी अभियान बदनाम हुदै गएको भन्दै उनले राम्रो गर्ने सहकारीको पहिचान र सम्मान गर्नुपर्ने बताए ।
कलश सहकारीले युवा र महिलालाई समेटेर जिल्लामै नमुनायोग्य काम गरेको भन्दै उनले मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने बताए ।
सो अवसरमा बोल्ने अन्य बक्ताहरुले छोटो समयमै राम्रो काम गरेर समाजमा स्थापित भएको भन्दै कलशको सिको अन्य सहकारीले गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नियमित बचतकर्ता लिलादेवी भुसाल,समयमै ऋणको व्याज किस्ता बुझाउने लक्ष्मि श्रेष्ठ,सेयर सदस्य बृद्धि गर्ने ज्योतीपुञ्ज आमावि,नियमित बाल बचतकर्ता परिधी गौतम,जेष्ठ सदस्यहरु शंकर प्रसाद गौतम र सखलहरी चौधरीलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा संरक्षीत पुँजी फिर्ता कोषको रकम धेरै पाउने हरिहर आचार्य,अनिता गुरुङ,ओम प्रसाद चौधरी,वविता महरा,विष्णु वली,शान्ता घिमिरे,तेज बहादुर घर्ति,सरस्वती अवस्थि,नेत्रप्रसाद पाण्डेय र बिक्रम चौधरीलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष नविन कुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ दाङका लेखा सुपरीवेक्षण समितिका संयोजक होमलाल भूसाल,बचत तथा ऋण सहकारी संघ दाङका कोषाध्यक्ष गिरिराज शर्मा,राष्ट्रिय सहकारी बैंक लिमिटेड घोराही शाखा समन्वय उपसमितिका संयोजक भरत बहादुर बुढाथोकी,प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,नेफ्स्कुन फिल्ड कार्यालय दाङका फिल्ड प्रमुख विष्णु जोशी,सल्लाहकार संतोष शर्मा रेग्मी,सेयर सदस्य भूपेन्द्र प्रसाद भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका सञ्चालक समिति सदस्य श्रीकान्त अधिकारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गरेका थिए ।
बार्षिक साधारणसभामा सचिव विमल योगीको प्रगती प्रतिवेदन,कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक प्रतिवेदन,लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक गेहेन्द्र वस्नेतले प्रस्तुत गरेका थिए ।
संस्थाको अध्यक्षमा खनाल
यसैविच कलश बचत तथा ऋण सहकारी संस्थाको पाँचौ अबिधेशनले माधव खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रावती भण्डारी,सचिवमा विमल योगी,कोषाध्यक्षमा नवराज भण्डारी,सदस्यहरुमा इश्वरी प्रसाद आचार्य,श्रीकान्त अधिकारी,गेहेन्द्र वस्नेत,हरिहर आचार्य र केशव रिजाल चयन भएका छन ।
समितिको लेखा सुपरीवेक्षण समितिको संयोजकमा श्रीधर योगी र सदस्यहरुमा मंगला राणा र तिर्थराज शर्मा पण्डित रहेका छन ।
नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक निर्मल गौतमले प्रमाणपत्र बितरण गर्नुका साथै पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
अबिधेशनसत्र कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य हेमराज शर्माले गरेका थिए ।