चितवन,भदौ ३० । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार ट्रक त्रिशूली नदीमा खसेको हो।
ट्रक त्रिशूली नदीको किनारमा अड्किएको छ।
प्रहरीले दुर्घटनाको विवरण आउन बाँकी रहेको जानकारी गराएको छ।
प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार